PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

इलाममा नयाँ पर्यटकीय गन्तव्य, पूर्वमै पहिलो पटक सुरु भयो 'रक क्लाइम्बिङ'



पहिलोपोस्ट

इलाममा नयाँ पर्यटकीय गन्तव्य, पूर्वमै पहिलो पटक सुरु भयो 'रक क्लाइम्बिङ'

इलाम : इलाममा नयाँ पर्यटकीय गन्तव्य निर्माण गरिएको छ। साहसिक खेल पर्यटनको विकास गर्ने उद्देश्यले इलाम नगरपालिका–७ महभीरमा चट्टान आरोहणस्थल (रक क्लाइम्बिङ) सुरु गरिएको हो।
 
यहाँको चट्टानी भीरमा बनाइएको पर्यटकीय स्थलका लागि नेपाली सेनाको कालीध्वज गणले प्राविधिक सहयोग गरेको छ। सेनाका जवानले यहाँ पाँच खालका आरोहण शैली पनि देखाइसकेका छन्।

पूर्वी नेपालमा इलाममा यो परीक्षण सफल भएको हो। काठमाडौं र पोखरामा पनि यस्तै स्थलको सफल परीक्षण भइसकेको छ।

आरोहणस्थलका लागि मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिको १० लाख र ४ लाख १२ हजार बराबरको श्रमदान गरिएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए।
 
'पूर्वमा पहिलो पटक इलाममा सफल परीक्षण भएकाले रक क्लाइम्बिङप्रति आकर्षण बढेको छ,' उनले भने, 'यो क्षेत्रलाई नै साहसिक खेल पर्यटनको गन्तव्य बनाउनका लागि हामीमा उत्साह बढेको छ।' फोटो : हरि गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell