PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​चीनको रेल तिब्बतबाट नेपालका अरु नाकामा पनि जोड्न आग्रह



पहिलोपोस्ट

काठमाडौं : नेपालले चीनलाई केरुङसँगै मुलुकका अन्य सीमानाका सम्म चिनियाँ रेलको नेटवर्क पुर्‍याउन आग्रह गरेको छ।  चीनले सिंघाई-तिब्बत रेलवे नेटवर्कलाई रसुवागढी नजिकैको जिलिङसम्म पुर्याउने तय गरिसकेको छ।

‘हामीले चीनको स्वायत्त प्रदेश तिब्बतका चिनियाँ अधिकारीहरुलाई हाम्रा अन्य नाकासम्म पनि रेल सेवा विस्तारका लागि भनेका छौं ताकि हाम्रो व्यापारलाई सहयोग पुगोस्,’ वाणिज्य मन्त्रालयका सह-सचिव रवि शंकर सैजुले भने।

नेपाल – तिब्बत व्यवसाय प्रवर्द्धन कमिटीको बैठकमा यसबारे छलफल भएको हो। कमिटीको हरेक वर्ष पालैपालो गरी दुई मुलुकमा बैठक बस्दै आएको छ।

‘हामीले हिल्सा, कोराला र किमाथाङ्कामा पनि रेलवे नेटवर्क पुर्‍याउन आग्रह गरेका छौं,’ सैजुले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell