मकवानपुर जिल्लाको चकरीमकरीमा ना ४ ख ४३०७ नम्वरको यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा परि अहिलेसम्म २ जनाको मृत्यु भएको छ।
बसमा सवार २६ भन्दा बढी घाइते भएको मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी मिरा चौधरीले पहिलो पोष्टलाई जानकारी दिए। चौधरीले भने 'भखरै बस दुर्घटना भएको हो कति मानविय क्षति भयो यकिन भएको छैन। अहिले सम्म २ जनाको मृत्यु र २६ घाइते भएको जानकारी पाएको छु।'
यात्रुबस मकवानपुर जिल्लाको हेटौडाबाट हाडी खोला तर्फ जादै गरेको थियो। बसमा कति यात्रु थिए भन्ने कुरा अहिले सम्म यकिन भईसकेको छैन। घटना स्थलमा सुरक्षाकर्मीको टीम पुगिसेको छ। घटनास्थल हेटौडा बजारबाट ७ किलोमिटरको दुरीमा पर्छ।