PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

​प्रिमियर लिग : लिभरपुल स्वान्सेलाई हराउँदै दोस्रो स्थानमा उक्लियो, चेल्सीले हललाई हरायो



पहिलोपोस्ट

​प्रिमियर लिग : लिभरपुल स्वान्सेलाई हराउँदै दोस्रो स्थानमा उक्लियो, चेल्सीले हललाई हरायो

लिभरपुल प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। शनिबार भएको सातौं चरणको खेलमा स्वान्सी सिटीलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको हो। 

एक गोलले पछि परेको स्थिती उल्टाउँदै लिभरपुलले जारी सिजनमा पाँचौ जित हात पारेको हो। लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनो र जेम्स मिलनरले गोल गरे। यसअघि खेलको आठौं मिनेटमै लेरोए फेरले गोल गर्दै घरेलु टोली स्वानसीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दुवै गोल दोस्रो हाफमा फर्कायो। ५४ औं मिनेटमा फिर्मिनोले हेड मार्फत गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए। ८४ औं मिनेटमा प्राप्त पेनाल्टीमा जेम्स मिलनरले गोल गरेपछि लिभरपुल २-१ ले विजयी भयो।

जितपछि लिभरपुलको ७ खेलबाट १६ अङ्क भएको छ। एक खेल कम खेलेको म्याचेष्टर सिटी १८ अङ्कका साथ शीर्ष स्थानमा अासिन छ। 

शनिबारै भएको अर्को खेलमा चेल्सीले हल सिटीलाई उसैको मैदानमा २-० ले हरायो। लिगकै अघिल्लो खेलमा आर्सनलसँग ३-० ले हरोको चेल्सीले हलविरुद्धको जितसँगै लयमा फर्केको संकेत देखाएको छ।

चेल्सीको जितमा विलियमले ६१ औं र डिएगो कोस्टाले ६७ औं मिनेटमा गोल गरे। लिगकै अन्य खेलमा वाटफोर्ड र एएफसी बर्नमाउथले २-२ गोलको बराबरी खेले भने सण्डरल्याण्ड र वेष्ट ब्रोमिच अल्विओन तथा वेष्टहम र मिडल्स्ब्रोले १-१ गोलको बराबरी खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell