PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

हेटौंडा-कुलेखानी हुँदै काठमाडौं जाने सडक अवरुद्ध, पहिरो हटाएपछि मात्रै सञ्चालन हुने



पहिलोपोस्ट

हेटौंडा : मदन भण्डारी राजमार्ग अन्तर्गतको हेटौंडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने यातायात सेवा अवरुद्ध भएको छ।
 
आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
हेटौंडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० गाडी दैनिक काठमाडौंमा आवतजावत गर्ने गरेका थिए।
 
आज दिउँसो मौसम अनुकूल भएमा पहिरो हटाई आज यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell