PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मकवानपुर बस दुर्घटना : एक बालकसहित तीन जनाको मृत्यु, दुईको पहिचान खुल्यो



पहिलोपोस्ट

मकवानपुर बस दुर्घटना : एक बालकसहित तीन जनाको मृत्यु, दुईको पहिचान खुल्यो

काठमाडौं : मकवानपुरको चकरीमकरीमा आज भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
 
मकवानपुरको हेटौंडाबाट हाँडीखोलातर्फ जाँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेहरुमा मकवानपुर हाँडीखोला-२ बस्ने ४ वर्षीय बालक प्रनिश लामिछाने, मकवानपुरकै ३० वर्षीय सूर्यबहादुर लामा र अर्की एक महिला छिन्। उनको नामथर खुल्न सकेको छैन।

बसमा सवार ४५ भन्दा बढी घाइते भएको मकवानपुर जिल्ला प्रहरी प्रमुख एसपी मिरा चौधरीले जानकारी दिइन्। बसमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन। घटनास्थल हेटौंडा बजारबाट ७ किलोमिटरको दुरीमा पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell