PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अर्जेन्टिना पहिलो पटक फुटसल वर्ल्डकप च्याम्पियन



पहिलोपोस्ट

अर्जेन्टिना पहिलो पटक फुटसल वर्ल्डकप च्याम्पियन

अर्जेन्टिनाले पहिलो पटक फुटसल वर्ल्डकपको उपाधि जितेको छ। कोलम्वियामा भएको आठौं संस्करणको फाइनलमा रसियालाई प्रतिस्पर्धात्मक खेलमा ५-४ ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।
 
अर्जेन्टिनालाई पहिलो पटक फुटसल वर्ल्डकपको च्याम्पियन बनाउन एलान ब्राण्डीले २ गोल गरे भने अलामिरो भापोराकी, लिएन्ड्र कुज्जो र कन्सतानटिनो भापोराकीले १/१ गोल गरे।
 
रसियाका लागि एडर लिमाले ह्याट्रिक गरे पनि हार टार्न सकेनन्। यस्तै दिमित्री लाएसकोभले १ गोल गरे।
 
सन् १९८९ मा नेदरल्याण्ड्सबाट सुरु भएको फुटसल वर्ल्डमा ब्राजिलले अहिलेसम्म सर्वाधिक ५ पटक उपाधि जितेको छ भने स्पेनले २ पटक उपाधि जितेको छ।

भिडियोमा हेर्नुस् :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell