PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

आइकाओ महासभामा पर्यटन मन्त्रीले भने- 'नेपालको हवाई क्षेत्र सुरक्षित बनाउँछौं'



पहिलोपोस्ट

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।
 
क्यानडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ३९ औं  महासभामा सम्बोधन गर्दै उनले नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेकाले  सुरक्षित हवाई उडान प्राणजस्तै महत्वपूर्ण रहेको बताए। मन्त्री शाहीले पर्वतीय पर्यटन र विकासका लागि पनि हवाई उड्यनको योगदानको चर्चा गरे।
 
आईकाओले सन् २०१३ मा तयार गरेको नेपालको हवाईसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोको विषयलाई सम्बोधन गर्न प्रतिबद्धता उनले जनाएका छन्। साथै नेपालले सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनमा लागेको पनि उनले बताए।

महासभामा  नेपालको तर्फबाट मन्त्री शाहीको नेतृत्वमा उड्ययन प्राधिकरणका निर्देशक, मन्त्रालयका सम्बन्धित शाखाका प्रमुखहरु,  वायु सेवा निगमका प्रबन्ध निर्देशक लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell