काठमाडौं : एमबिबिएस पास गराइदिन्छु भन्दै विद्यार्थीबाट पैसा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको पुतलीसडकमा रहेको वर्ल्डवाइड कन्सलटेन्सीमा काम गर्ने सिन्धुली आमेटे गाविस ९ घर भएका गणेश अधिकारी र सोही संस्थाका सञ्चालक महोत्तरी गोनरपुरा गाविस ६ घर भई काठमाडौंको टेकु बन्दै आएका दीपकुमार शाह पक्राउ परेका हुन्।
उनीहरुले नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसाबाट असोज १५ गतेदेखि काठमाडौं विश्वविद्यालयलमा हुने एमबिबिएस परीक्षा पास गराइदन्छु भन्दै २ लाख रुपैयाँ लिएका थिए। उजुरी परेको आधारमा उनीहरुलाई महानगरी अपराध अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। शाह र अधिकारीले एमबिबिएस पास गराउन नसक्ने भएपछि पन्त परिवारले प्रहरीमा उजुरी दिएको थियो।