
काठमाडौं :
म मौलामा बाधिएको राँगो
कुन खुँडा सुहाउला मेरो गर्धन– हेर्दैछु
कुन खुँडा सुहाउला मेरो गर्धन– हेर्दैछु
शिल्पी थिएटरको गोठाले घरमा दाङका कवि नवीन अभिलाषीले सुनाएको 'मौलामा बाँधिएको राँगो' शीर्षकको कविता हो यो। उनीसँगै कविता सुनाउ उभिएका थिए अर्का झापाली कवि नवीन प्राचीन।
मेरो औकात, एउटी आदिवासी युवती, मौलामा बाँधिएको राँगो, जीवनका पहाडहरु, एउटा समन्धको उचाइ लगायतका कविता अभिलाषीले सुनाए।
मेरो औकात कवितामा भन्दै थिए-
हावाले पनि मलाई धक्काउँछ
बाटोले पनि मलाई छक्काउँछ
मलाई केही न केहीको बनाउँछ
तैपनि म केही त हुन्छु
मलाई यति नै पनि काफी छ
शक्तिहीनहरुको विद्रोही आवाज सुनाउनुका साथै उनीहरुलाई बल दिने कविता पनि पढे। राज्यबाट किनारामा पारिएका आदिवासी जनजातिको आवाज सशक्त तरिकाले कवितामा प्रस्तुत गरे।बाटोले पनि मलाई छक्काउँछ
मलाई केही न केहीको बनाउँछ
तैपनि म केही त हुन्छु
मलाई यति नै पनि काफी छ
अभिलाषीपछि कविता प्रस्तुत गरेका नवीन प्राचिनका कविता छोटा अनि गहन रहे। उनका कविताले स्रोतालाई कहिले आहात बनादिन्थे कहिले सोचमग्न। दमकमा भुटानी शरणार्थीहरुसँग नजिक रहेर हुर्किएका उनले एक भुटानी कलाकार जो हिटलरको अनुहर आफ्नो अनुहारमा मिसाउन चाहन्छ, उही कलाकार मित्रको सम्झना गर्दौ कारुणिक 'रुपान्तरण' कविता सुनाए। 'एक निराश युवाको आशावादी कविता' बजारमा भेटिने हाम्रा बेरोजगार कविहरुलाई पनि बल दिने खालको थियो।
'यस पटक पनि प्याजको भाउ बढेपछि'मा उनले गज्जबको व्यङ्ग्य संयोजन गरेका थिए। आगमन, सहर जस्ता छोटा कवितामा उनले दर्शक स्रोताको वाहवाही पाए।
कविता वाचनपछि छलफल कवितालयको अर्को सुन्दर पक्ष थियो। लेखक राजेन्द्र पराजुलीले भने, ’यस्ता कविता खोजी गर्न नसकेकोमा आफैंलाई पश्चाताप भयो।'
कार्यक्रममा स्रोताबाट प्रश्न पनि लिइएको थियो। स्रोताको जिज्ञासालाई दुई कविले सम्बोधन गरेका थिए। कवितालय नाम दिइएको कार्यक्रमलाई शिल्पी थिएटरले प्रस्तुत गरेको हो। यसलाई संयक किनारा संस्थाले संयोजन गरेको थियो।