PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

'घाटमान्डु' लिएर आए फिक्सन डिजाइनर कुमार नगरकोटी



पहिलोपोस्ट

'घाटमान्डु' लिएर आए फिक्सन डिजाइनर कुमार नगरकोटी

काठमाडौं : फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कृति 'घाटमान्डु' बजारमा आएको छ।
 
घाटमान्डु उत्सव नाम दिइएको विमोचन कार्यक्रममा पत्रकार बसन्त बस्नेत, कविहरु विप्लव प्रतीक र चन्द्रवीर तुम्बापो तथा नगरकोटीका लिटररी एजेन्ट राजन गोदारले घाटमान्डुमा संगृहीत रचना तथा कविता वाचन गरेका थिए।
 
कार्यक्रमकाबीच लेखक नगरकोटीले पनि आफ्ना रचना र रचनागर्भका बारेमा स्रोता दर्शकलाई जानकारी गराए।
 
कविता वाचनपछि विप्लव प्रतीकले नगरकोटीका कविताले आफ्नो दिमाग झनझनाएको प्रतिक्रिया दिए।

नगरकोटीको किताबको विमोचन फरक शैलीबाट गरिएको थियो। शिल्पी थिएटरको हलमा घाटमान्डु उत्सवको अन्त्य गर्दै नगरकोटीले पाँच जना कला, साहित्य र संगीतप्रेमीलाई बोलाएर आफ्नो पुस्तकको विमोचन गरे।
 
घाटमान्डु विमोचन गर्नेमा चलचित्र निर्देशक नवीन सुब्बा, चित्रकार एरिना ताम्राकार, कलाकार सरिता गिरी, संगीतकार एवम् गायक आभास र फोटोग्राफर कुमार आले थिए।
 
कला, साहित्य र संगीतका साधु र साधवी भएकाले ती पाँच जनाबाट कृति विमोचन गराएको नगरकोटीले रहस्य खोले।
 
नगरकोटीले आफूलाई फिक्सन डिजाइनर भने पनि उनको नयाँ कृति घाटमान्डुलाई फिक्सन, ननफिक्सन एण्ड अदर एडिक्सन सबटाइटल दिइएको छ। 

बुकहिल पब्लिकेसन्सले बजारमा ल्याएको कृतिको मुल्य ३९९ रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell