PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

दुई फिल्मको रिलिज मिति सार्वजनिक



पहिलोपोस्ट

दुई फिल्मको रिलिज मिति सार्वजनिक

काठमाडौं : यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा मिति तय भएको छ।
 
'पशुपतिप्रसाद'का निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म 'लभ लभ लभ'को पनि रिलिज मिति घोषणा भयो। फिल्म २०७४ को बैसाख १ गते प्रदर्शनमा आउँदैछ।
 
फिल्मको छायांकन सकिएको छ भने पोस्ट प्रोडक्शनको काम चलिरहेको युनिटले बतायो।
 
'लभ लभ लभ'मा स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, ए गुरुङ, आयन खड्का लगायतको अभिनय छ।
 
प्रेमकथामा आधारित फिल्ममा निरज कँडेलको छायांकन छ।
 
त्यस्तै नृत्य निर्देशक शिव शर्मा निर्देशित फिल्म 'उमंग' यही कात्तिकबाट प्रदर्शनमा आउने भएको छ। चपली गर्ल विनिता बरालको मुख्य अभिनय रहेको फिल्म कात्तीक १२ गतेबाट देशभर सार्वजनिक हुने भएको हो।
 
फिल्म  नेपालअघि अष्ट्रेलियामा पनि यही अक्टोबर १५ बाट देखाइने निर्माण युनिटले जानकारी दिएको छ।
 
कुमार बिसी निर्मित फिल्ममा विनिता बरालसँगै कुमार बिसी, सिपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी लगायत कलाकारले अभिनय रहेको छ।
 
फिल्ममा अर्जुन पोखरेलको शब्द तथा संगीत छ। परदेशीहरुको पीडाको कथा बोल्ने फिल्म दुबईमा छायांकन गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell