PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

बिपी राजमार्गमा ठूला सवारी चलाउन रुट परमिट छैन : मन्त्री लेखक



पहिलोपोस्ट

बिपी राजमार्गमा ठूला सवारी चलाउन रुट परमिट छैन : मन्त्री लेखक

काठमाडौं : भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको प्रस्ट पारेका छन्। 

आइतबार रिपोटर्स क्लबमा बोल्दै मन्त्री लेखकले बिपी राजमार्गमा ठूला सवारी चलाउन रुट परमिट सरकारले नदिएको बताएका हुन्। उनले भने, ‘बिपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माइक्रो तथा हाइस मात्रै चल्ने गर्छन, सरकारले ठूला सवारीलाई पनि रुट परमिट दियो भन्ने हल्ला र आंशकाहरु बजारमा आएका छन्, यसमा कुनै सत्यता छैन ।’ यद्धपि उनले प्राविधिक समितिले यसबारेमा सरकालाई केही सुझावहरु भने अघि सारेको बताए । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell