
हेलिकप्टर छक्काका कारण क्रिकेटमा चर्को क्रेज छाडेका महेन्द्रसिंह धोनीमाथि बनेको फिल्मले बक्स अफिसमा धोनीकै शैलीमा आम्दानी गरेको छ। धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी’ले दोस्रो दिन २० करोड ६० लाख रुपैयाँ कलेक्सन गर्यो। फिल्मले दुई दिनमा ४१ करोड ९० लाख रुपैयाँ कमाएको छ। सप्ताहन्तमा ६० करोड रुपैयाँ कलेक्स गर्यो भने यो वर्षको दोस्रो राम्रो ओपनिङ गर्ने फिल्म बन्नेछ।
सुसान्त सिंह राजपुतले धोनीको भूमिका निभाएका छन् फिल्ममा। निरज पाण्डेको निर्देशन रहेको फिल्ममा धोनीका नखुलाइएका कयौं पक्षहरु उजागर गरिएको छ। ४ हजार ५ सय स्क्रिनमा फिल्म रिलिज गरिएको छ।
फेस्टिबलको सिजनभन्दा बाहिर सबैभन्दा राम्रो ओपनिङमा रेकर्ड राखेको यो फिल्मले वायोपिक जेनारामा पनि रेकर्ड बनाएको छ। फिल्मका वितरक अक्षय राठी भन्छन्, ‘साहरुख र सलमान खानको जस्तो क्रेज धोनीमा पनि रहेछ। बक्स अफिसले त्यही बताइरहेको छ।’