PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

उपत्यकाका १ लाख १५ हजार घरमा सर्वेक्षण, भूकम्प पीडितसँग छिटै सम्झौता



पहिलोपोस्ट

उपत्यकाका १ लाख १५ हजार घरमा सर्वेक्षण, भूकम्प पीडितसँग छिटै सम्झौता

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्वेक्षण भएको छ।
 
केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्वेक्षण सम्पन्न भएको हो।
 
भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा भेरिफिकेसन मोडलबाट घर सर्वेक्षण गरिएको हो।
 
सर्वेक्षण सम्पन्न भइ अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्न क्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell