PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

​महन्थ ठाकुरको चोरिएको ब्रिफकेस भेटियो, केके रहेछ?



पहिलोपोस्ट

भक्तपुर : गत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ।
 
महानगरीय प्रहरी वृत्त थिमिले आज काठमाडौं महानगरपालिका वडा नं ३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
 
ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र रहेको पाइएको उनले जानकारी दिए। यसअघि, प्रहरीले लूटमा संलग्न सर्लाही घर भई काठमाडौँ बस्ने २३ वर्षिय रञ्जित गुप्ता र महोत्तरी घर भई काठमाडौँ बस्ने परमानन्द भन्ने प्रचण्डप्रताप सिंहलाई पक्राउ गरिसकेको छ।
 
घटनाका दिन राति ठाकुर निवासमा प्रवेश गरी उनीहरुले ठाकुरकी छोरी डा. मिनाक्षीलाई आक्रमण गरी घाइतेसमेत बनाएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell