PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड स्टोक सिटीसँग बराबरीमा रोकियो

प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेष्टर युनाइटेड घरेलु मैदानमै स्टोक सिटीसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्डमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा युनाइटेडले स्टोकसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। 

पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा मैदान छिरेका एन्टोनी मार्टियलले ६९ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।  उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरेका हुन्। 

तर युनाइटेडको अग्रता लामो समय टिक्न सकेन। ८२ औं मिनेटमा स्टोकका जोए एलेनले गोल गर्दै १-१ को बराबरी गरेसँगै युनाइटेडले ३ अंक जोड्ने मौका गुमाएको हो। 

जारी सिजन युनाइटेडको यो पहिलो बराबरी हो। ७ खेल खेलिसक्दा ४ जित, १ बराबरी र २ हारसहित १३ अंक जोडेको युनाइटेड अंक तालिमा छैटौ स्थानमा छ। समान अंक भएपनि एक खेल कम खेलेको आर्सनल पाँचौ र ७ खेल नै खेलेको चेल्सी सातौ स्थानमा छ।

अपराजित रहेको म्यानचेष्टर सिटी ६ खेलबाट १८ अंसहित शीर्ष स्थानमा छ। ७ खेलबाट १६ अंक रहेको लिभरपुल दोस्रो स्थानमा छ। आइतबारै म्यानचेष्टर सिटीले अर्को अपराजित टोली टोटनहम हट्सपरसँग खेल्दैछ भने आर्सनलले बर्नलेसँग खेल्नेछ। 

६ खेलबाट १४ अंक रहेको टोटनहम तेस्रो स्थानमा छ। यस्तै ७ खेलबाट १४ अंक नै रहेको एभरटन चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell