PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​बाहुबली सिक्बेल आउनु १ महिनाअघि प्रभासको मैनको मुर्ति!



पहिलोपोस्ट

​बाहुबली सिक्बेल आउनु १ महिनाअघि प्रभासको मैनको मुर्ति!

थाइल्यान्डको बैंककमा रहेको म्याडम तुसाद म्युजियममा बाहुबली फिल्मका हिरो प्रभासको मैन मुर्ति बन्ने भएको छ। ख्यातीप्राप्त म्युजियममा पहिलोपटक दक्षिण भारतीय हिरोको ‘वाक्स फिगर’ राखिन लागेको हो।

३६ वर्षका हिरोको मैन मुर्ति आगामी वर्षको मार्च महिनामा सार्वजनिक गरिने छ। ‘मुर्ति मार्च २०१७ मा सार्वजनिक गरिने छ,’ फिल्म बाहुबलीका निर्देशक राजमौलीले बताए।

सन् २००२ मा दक्षिण भारतीय तेलगु फिल्म इश्वरबाट डेब्यु गरेका उनी सन् २०१५ को बाहुबलीका कारण बलिउड र बाँकी विश्वमा पनि सुपरस्टारका रुपमा स्थापित भए। सन् २०१७ को अप्रिल २८ मा उनी हिरो रहेको फिल्मको सिक्बेल रिलिज हुँदैछ।

यो म्युजियममा अमिताव बच्चन, शाहरुख खान, सलमान खान, ऐश्वर्या राय, हृतीक रोशन, करिना कपुर, माधुरी दीक्षित र कैटरिना कैफको मुर्ति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell