PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

​ला लिगा : एथ्लेटिको मड्रिड शिर्ष स्थानमा, रियल र बार्सिलोनाले पनि आज खेल्दै



पहिलोपोस्ट

​ला लिगा : एथ्लेटिको मड्रिड शिर्ष स्थानमा, रियल र बार्सिलोनाले पनि आज खेल्दै

एथ्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा दुई पेनाल्टी मिस भएपनि भ्यालेन्सियालाई उसैको मैदानमा २-० ले पराजित गर्दै एथ्लेटिको शीर्ष स्थानमा उक्लेको हो। 

एथ्लेटिकोका लागि एन्टोनी ग्रिजमन र केभिन गमेइरोले १/१ गोल गरे। ग्रिजमन र कप्तान गाबीले प्राप्त पेनाल्टी मिस गर्दा फराकिलो अन्तरले जित हात पार्ने अवसर चुकायो। ला लिगामा एथ्लेटिकोको यो चौथो जित हो। अपराजित रहेको एथ्लेटिकोले ३ खेल भने बराबरी खेलेको थियो। यता भ्यालेन्सियाको भने ७ खेलमा यो पाँचौ हार हो।

जितपछि ७ खेलबाट १५ अंक जोड्दै एथ्लेटिको शहरी प्रतिद्वन्दी रियललाई पछि पार्दै शीर्षमा उक्लेको छ। एक खेल कम खेलेको रियलको १४ अंक छ र आइतबारै आइबरसँग खेल्दैछ। ६ खेलबाट १४ अंक जोडेको सेभिया भने तेस्रो स्थानमा छ। 

यस्तै १३ अंक सहित चौथो स्थानमा रहेको बार्सिलोनले पनि आइतबार सेल्टाभिगोसँग खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell