PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

​चिनियाँ राजदूत ऊको राष्ट्रपतिसँग ‘गुड बाइ’ भेट



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफ्नो करिब चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहेका नेपालका लागि चीनका राजदूत ऊ छुन्थाइले आज राष्ट्रपति कार्यालयमा बिदाइ भेट गरे।
 
त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध मामिलाका साथै सांस्कृतिक, आर्थिक एवम् व्यापारिक विषयमा विचार विमर्श भएको थियो।
 
गत वर्षको भूकम्पकाबेलामा चीनले उद्धार, खोजी राहत तथा पुनःनिर्माणका काममा निरन्तर सहयोग गरेकोमा राष्ट्रपति भण्डारीले चीनप्रति हार्दिक आभार व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell