.jpg)
काठमाडौं : आज बिहान पोखरामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा २३ यात्रु घाइते छन्।
काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ गइरहेको ढोरपाटन यातायात व्यवसायी संघद्वारा सञ्चालित ग१ख ६१६९ नम्बरको यात्रुबाहक बस पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना भएको हो। मृत्यु हुनेहरुमा गुल्मी नेटा गाविस– २ की ४७ वर्षीया मनरुपा अर्याल र उनका दुई वर्षीया नाति अतीत अर्याल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको घाइते यात्रुहरुले बताएका छन्।
उक्त बसमा २६ जना यात्रु थिए। चालक ३३ वर्षका कृष्णबहादुर बुढा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनी प्रहरीको नियन्त्रणमै छन्।अन्य २३ घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। फोटो : खिमलाल पाण्डेको फेसबुक पेज