PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

दिइयो- मदन पुरस्कार र जगदम्बाश्री



पहिलोपोस्ट

दिइयो- मदन पुरस्कार र जगदम्बाश्री

ललितपुर : मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पाउने स्रष्टाहरुलाई सो पुरस्कार प्रदान गरेको छ।
 
२०७२ को  मदन पुरस्कार ऐना कथा संग्रहका लागि रामलाल जोशी र जगदम्बाश्री पुरस्कार प्रवासी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरियो।
 
मदन पुरस्कारबाट सम्मानित भएपछि कथाका जोशीले आफूले साना तर संवेदनशील विषय उठान गरेर कथा लेखेको बताए। 'सामाजिक परिवर्तनसँगै छोपिएका अँध्यारो पक्षको खोज नै कथामा गरेको हुँ,' उनले भने, 'यो पुरस्कार मैले मात्र होइन सुदूरपश्चिमले नै पाएको अनुभव गरेको छु।'
 
यस्तै जगदम्बाश्रीबाट सम्मानित साहित्यकार क्षेत्रीले पुरस्कारलाई आफूले नेपाली भाषा-साहित्यमा समर्पित स्रष्टालाई दिएको ठानेको बताए। उनी भारतको आसाम निवासी हुन्।
 
मदन पुरस्कार गुठीले प्रदान गर्ने दुवै पुरस्कारको राशी दुईदुई लाख रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell