PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भारतीय सेनाको क्याम्पमा हमला, एक सैनिकको मृत्यु



पहिलोपोस्ट

भारतीय सेनाको क्याम्पमा हमला, एक सैनिकको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरमा गएराति भएको हमलामा एक भारतीय सैनिकको मृत्यु भएको छ। उक्त घटनामा अन्य केही सैनिक घाइते भएका छन्।

काश्मिरको उत्तरी क्षेत्रमा रहेको बरमुल्लास्थित भारतीय सेनाको ४६ राष्ट्रिय राइफल्स क्याम्पमा गोलाबारी भएको जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाहले बताएका छन्।

दुई सातायता भारत-पाकिस्तानबीच मच्चिएको हिंसाले काश्मिर क्षेत्रमा तनाव उत्पन्न गरेको भारतीय प्रहरीले जनाएको छ। भारतको उरीमा १८ सैनिक मारिएपछि पाकिस्तानसँगको तनाव बढेको हो। भारतीय सेनाले भने सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक जारी राखेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell