PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

नाइसका लागि विजयी गोल गरेका मारियो बालोटेलीलाई रातो कार्ड



पहिलोपोस्ट

नाइसका लागि विजयी गोल गरेका मारियो बालोटेलीलाई रातो कार्ड

इटालियन स्ट्राइकर मारियो बालोटेली मैदानभित्र खेलका कारण जति चर्चामा हुन्छन्, त्यति उनको अभद्र व्यवहारका कारण आलोचित पनि।
 
इंगल्याण्ड र इटालीमा क्लब फुटबल खेलिसकेका बालोटेली यस सिजन फ्रेन्च लिग १ मा नाइस क्लबबाट खेलिरहेका छन्। बालोटेलीकै निर्णायक गोलको मद्दतमा नाइसले खेल जितिरहेको पनि छ।
 
यसअघिका खेलहरुमा विजयी गोल गरेर चर्चामा आएका बालाटेलीले गएराति भएको खेलमा लोरियन्ट विरुद्धका नाइसका लागि विजयी गोल गरे अनि खेलको अन्त्यतिर रातो कार्डको सामना पनि गरे।
 
फ्रान्समा लिग खेल्न थालेपछि बालोटेलीले पाएको यो पहिलो रातो कार्ड हो। खेल १–१ को बराबरीमा रहेको अवस्थामा बालाटेलीले ८६ औं मिनेटमा निर्णायक गोल गर्दै नाइसलाई जित दिलाए। गोल गरेलगत्तै उत्साहित हुँदै आफ्नो जर्सी खोलेका बालाटेलीलाई रेफ्रीले पहिलो पहेँलो कार्ड देखाए।
 
त्यसपछि अन्तिम समयमा लोरियन्टका स्टिभिन मोरेइरासँगको विवादका कारण रेफ्रीले बालाटेलीलाई दोस्रो पहेँलो कार्ड देखाउँदै रातो कार्ड देखाएका हुन्। रेफ्रीले मोरेइरालाई पनि पहेँलो कार्ड देखाएका थिए।

बालोटेलीकै निर्णायक गोलमा विजयी भएको नाइस यस सिजन फ्रेन्च लिग १ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ।

बालोटेलीले यस सिजन लिग १ मा मात्र ३ खेल खेल्दै ६ गोल गरिसकेका छन्। ८ खेल खेलेको नाइसले ६ मा जित र २ मा बराबरी नतिजा निकाल्दै २० अंक जोडेको छ। यस सिजन नाइस मात्र फ्रेन्च लिगम अपराजित टीम हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell