काठमाडौं : दसैंको पूर्वसन्ध्यामा जियोनीले दुई नयाँ स्मार्टफोन बजारमा ल्याएको छ।
जियोनीले एस सिक्स प्रो र पी सेभेन म्याक्स नेपालमा ल्याएको हो। पी सेभेन म्याक्समा अत्यन्त आकर्षक र चम्किलो डिजाइन रहेको कम्पनीको दाबी छ।
यो फोनमा ५.५ इन्चको एचडी स्क्रिन छ। फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्यास सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। रियर क्यामेरामा फास्ट शटर स्पिड र फास्ट फोकस विशेषता रहेको कम्पनीले जनाएको छ। पी सेभेन म्याक्समा २.२ गिगाहर्जको अक्टाकोर मिडियाटेक पी टेन प्रोसेसर र ३१०० एम एएचको ब्याट्री छ।
यो फोनमा ३ जीबी र्याम र ३२ जिबी इन्टरनल स्टोरेज छ। अन्य जियोनी स्मार्टफोनझैं यो फोनमा पनि डिटिएस साउन्ड प्रविधि छ। एन्ड्रोइड ६.० मा आधारित जियोनिको अमिगो ३.२ यु आई पी सेभेन म्याक्समा रहेको छ। २१ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको यो फोन युवापुस्ताको रोजाइ हुने कम्पनीले विश्वास लिएको छ।
एस सिक्स प्रो भने एस सिक्स एसको परिस्कृत मोडेल हो। ४ जिबी र्याम र ३२ जिबी स्टोरेज रहेको यो फोनमा ६४ बिटको अक्टाकोर १.८ गिगाहर्ज हेलियो पी टेन प्रोसेसर रहेको छ। यो फोनमा गेम खेल्न र भिडियो हेर्न सहज हुन्छ। फोनमा पूर्ण मेटालिक बडी रहेको छ जसमा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८०पी एफ एच डि २.५ डी वाटर ड्रप डिस्प्ले छ।
एस सिक्स प्रोमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ। एस सिक्स प्रोमा फ्रन्ट फिङ्गरप्रिन्ट स्क्यानर पनि छ, जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ। यो डुअल सिम सेटमा ३१३० एमए एचको ब्याट्री र युएसबी टाइप सी चार्जिङ छ।
फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनीको आफ्नै यु आई अमिगो ३.२ छ। कम्पनीले यो फोनको मूल्य ३४ हजार ९ सय ९९ सय रुपैयाँ तोकेको छ। फोन सिल्भर, गोल्ड, र रोज गोल्ड रंगमा उपलब्ध छ।