PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

नेपाल नेक्स्ट सुपर मोडलको उपाधि करिश्मा केसीलाई, लुना भइन् फर्स्ट रनर अप

नेपाल नेक्स्ट सुपर मोडलको उपाधि करिश्मा केसीलाई, लुना भइन् फर्स्ट रनर अप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आरएनआर ग्रुपले राजधानीमा आयोजना गरेको नेपाल नेक्स्ट सुपर मोडलको उपाधि करिश्मा केसीले हात पारेकी छिन्।
 
विभिन्न चरणमा गरिएको प्रतिस्पर्धामा उनी विजयी भएकी हुन्। यस्तै उक्त प्रतियोगिताको फर्स्ट रनर अप लुना शर्मा गौतम र सेकेन्ड रनर अप सीमा शर्मा घोषित भइन्। उनले बेस्ट स्किनतर्फको पुरस्कार पनि पाइन्।
 
यसैगरी मिस कन्फिडेन्टतर्फ प्रज्ञा तिवारी, बेस्ट पर्सनालिटी लसाता रञ्जितकार, मिस फोटोजेनिक रीजा बासुकला, बेस्ट फिगर सोनाम याङ्जोम, बेस्ट वाक र मिस स्टाइलिसमा सुजिता फुयाँल छानिइन्। यस्तै, बेस्ट हेयरमा विद्या बस्नेत, मिस डिसिप्लिन प्रियंका थापा, भ्युवर्स च्वाइस चीजु लामा, मिस फ्रेन्डसिप मेहिन्दी नकर्मी, बेस्ट स्माइल मानस्वी खरेल, मिस पपुलर शवनम गुरुङ र मिस मल्टिमिडियामा शिक्षा गुरुङले पुरस्कार जितिन्।


ट्रेन्डिङ पोस्ट

Ncell