PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

रमेशको पहिलो गीति एल्बम 'सङ्गराग' सार्वजनिक



पहिलोपोस्ट

रमेशको पहिलो गीति एल्बम 'सङ्गराग' सार्वजनिक

काठमाडौं : रमेश सङ्गराग बराइलीको गीति एल्बम 'सङ्गराग' विमोचन भएको छ। गीत लेखनमा सक्रिय उनको यो पहिलो एल्बम हो। 
 
गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल र फिल्म निर्देशक तुलसी घिमिरेको प्रमुख आतिथ्यमा एल्बम विमोचन गरियो।

'नाच्ने होइन बाँच्ने गीत लेखेको छु,' कार्यक्रममा गीतकार रमेशले भने। कार्यक्रमबीच फिल्म निर्देशक एवं कलाकार तुलसी घिमिरेले पुराना संगीतकार, गीतकार र गायकलाई बिर्सने तथा क्रेडिट नदिने प्रवृत्तिले नराम्रो असर गरेको बताए। विशेष गरी रिमेक गरिएका गीतका सर्जकहरुलाई छायाँमा राखिने र नयाँ बनाउनेलाई मात्र अहिलेको स्रोताले चिन्ने चलनमाथि उनको चिन्ता थियो।
 
विमोचित एल्बममा बसन्त सापकोटा, प्रविन बराइली, सरोज पोखरेल, प्रकाश कटवाल, योगेश लुहुरुङ, बिबी अनुरागीको संगीत छ। यसमा प्रमोद खरेल, अन्जु पन्त, प्रताप दास, योगेश लाम्गादे, योगेश लुहुरुङ र बिजुला बिकले स्वर दिएको छन्।
 
फोर एस मिडियाले एल्बमलाई बजारमा ल्याएको हो। सङ्गरागमा ६ वटा गीत समावेश गरिएको छ। अडियो मात्र विमोचित गीतहरुको भिडियो दीपावलीको छेको पारेर सार्वजनिक हुने जानकारी दिइयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell