PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

किम कार्दासियनमाथि बन्दुक देखाएर लुटपाट, पति कान्ये शो छाडेरै पेरिस पुगे



पहिलोपोस्ट

किम कार्दासियनमाथि बन्दुक देखाएर लुटपाट, पति कान्ये शो छाडेरै पेरिस पुगे

विश्व चर्चित रियालिटी स्टार किम कार्दासियनलाई फ्रान्सको राजधानी पेरिसमा २ व्यक्तिले बन्दुक देखाएर लुटपाट गरेका छन्। किम बसिरहेको होटलमा पुगेका २ बन्दुकधारीले उनकै कोठामा गई बन्दुक देखाएर लुटपाट गरेका हुन्।
 
आइतबार बेलुकी उनी बसिरहेको होटलमा पुगेका ती व्यक्तिहरुले उनलाई बन्धक बनाए। र, किमको ११ मिलियन बराबरको ज्वेलरी लुटे।
 
किमका प्रवक्ताले घटनापछि उनी निकै डराएको तर कुनै शारीरिक क्षति नभएको बताएका छन्।
 
किम पेरिसमा लुटिएको थाहा पाएसँगै अमेरिकाको न्युयोर्कमा मिडोज फेस्टिवलमा सहभागी भइरहेका उनका पति कान्ये वेष्ट त्यसलगतै शो छाडेर फ्रान्स पुगेका छन्।
 
किमकी बहिनी कोर्टने र केन्डल जेनर पनि पेरिसस्थित आर्ट नाइट क्लबमा रमाइरहेका थिए। तर किम लुटिएको थाहा पाएसँगै उनीहरु पनि अपार्टमेन्ट पुगेका थिए।
 
कोर्टनेसँगै रहेका किमका बडिगार्ड भने पछि अपार्टमेन्ट नफर्केको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell