PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

प्रबुद्ध समूहको बैठकमा सहभागी हुन नेपाली टोली भारतमा



पहिलोपोस्ट

काठमाडौं : नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को बैठकमा सहभागी हुन नेपाली टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ।
 
नेपाली टोलीका संयोजक भेषबहादुर थापाको नेतृत्वमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र सूर्यनाथ उपाध्याय आज त्यसतर्फ प्रस्थान गरेका हुन्।
 
बैठक मङ्गलबारदेखि नयाँदिल्लीमा सुरु हुँदैछ। बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने नेपाली टोलीका सदस्य भट्टराईले जानकारी दिए।
 
यसअघि नेपालमा भएको इपिजी बैठकमा भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि तयार रहेको जानकारी दिँदै नेपालले के कस्तो संशोधन चाहेको हो प्रस्ताव ल्याउन आग्रह गरेको थियो।
 
इपिजी गठन भएको झन्डै चार महिनापछि यसको पहिलो बैठक गत असारमा काठमाडौँमा बसेको थियो।
 
इपिजीमा भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell