PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

शुल्क नतिर्ने कम्पनीलाई नेप्सेेले कडा कारबाही गर्ने



पहिलोपोस्ट

काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर शेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्।
 
नेप्सेका अनुसार असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइसक्नुपर्ने भए पनि हालसम्म एक सय २४ कम्पनीले रु ७६ लाख शुल्क बुझाएका छन्। बाँकी सय कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन्।
 
'तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्छ,' कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले भने।
 
नेप्सेमा समावेश भएका कम्पनीको शेयर/डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्तामार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ।
 
नियमअनुसार रु एक करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले रु १५ हजार नवीकरण शुल्क बुझाउनुपर्छ। त्यसैगरी रु एक करोडदेखि ५ करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले रु २५ हजार, रु ५ करोडदेखि १० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले रु ३५ हजार र रु १० करोडदेखिमाथि चुक्ता पुँजी भएका कम्पनीले रु ५० हजार वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell