PahiloPost

May 31, 2025 | १८ जेठ २०८२

अवैध मेनपावर सञ्चालन गर्दै आएका चार जना पक्राउ



पहिलोपोस्ट

अवैध मेनपावर सञ्चालन गर्दै आएका चार जना पक्राउ

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा गोप्य र अवैध रुपमा मेनपावर कम्पनी चलाउँदै आएका चार जना पक्राउ परेका छन्।
 
सुराकीका आधारमा घर खानतलासी गर्दा विभिन्न व्यक्तिको १७ थान राहदानी फेला परेपछि त्यहाँ रहेका चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
 
पक्राउ पर्नेहरुमा ३१ वर्षीय प्रमोद साह, २२ वर्षीया सिर्जना मगर, २८ वर्षीय कृष्ण चौधरी र ४५ वर्षीय मानबहादुर रिजाल छन्।
 
बरामद राहदानी बाहकलाई बोलाएर उनीसँग सोधपुछ र मेनपावर कम्पनी सञ्चालकबीच भएका कुराकानी लगायतका विषयमा पनि अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell