PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कटुवा पेस्तोल र ८ राउन्ड गोलीसहित पक्राउ परेका युवक सार्वजनिक



पहिलोपोस्ट

धनगढी : धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ।
 
दुई दिनअघि कटुवा पेस्तोल र ८ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ परेका स्थानीय २४ वर्षीय प्रेम भट्टलाईलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो।
 
निज भट्टसँग हातहतियार रहेको भन्ने सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा निजको खेतको आलीबाट उक्त हातहतियार बरामद गरेको जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell