PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

ईश्वर पोखरेल भन्छन्- 'राजनीतिक कोर्स बदल्ने प्रयास भइरहेको छ'



पहिलोपोस्ट

ईश्वर पोखरेल भन्छन्- 'राजनीतिक कोर्स बदल्ने प्रयास भइरहेको छ'

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक कोर्स बदल्ने प्रयास भइरहेको बताएका छन्।
 
दसैंको शुभकामना आदानप्रदानका लागि आयोजित चियापान समारोहमा बोल्दै नेता पोखरेलले कसले र कसरी राजनीतिक कोर्स बदल्ने प्रयास भइरहेछ भन्ने विषयमा भने केही खुलाएनन्। यद्यपि उनले संविधान कार्यान्वयन गर्न नदिने चलखेल भइरहेको बताए।
 
‘मोर्चा बदलिए पनि हाम्रो मिसन बदलिएको छैन,' पोखरेलले सत्तापक्षबाट प्रतिपक्षमा पुगेको पार्टीबारे भने, ‘राष्ट्रिय स्वाभिमान र संविधान कार्यान्वयनका लागि हाम्रो पार्टी जनताको बीचमा जान्छ र हामी यी विषय उठाउँछौ।‘
 
उनले दसैं पर्व कुनै जात विशेष वा धर्म विशेषको भन्दा पनि आम नेपालीहरुको चाड भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell