PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

एमाले नेता नेपाल लागे इन्डोनेसिया



पहिलोपोस्ट

एमाले नेता नेपाल लागे इन्डोनेसिया

काठमाडौं : नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसियामा हुने ‘जुँछे विचारधारा’ सम्बन्धी विचार गोष्ठीमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्।
 
कोरियन वकर्स पार्टीको निमन्त्रणामा सो कार्यक्रममा गएका नेता नेपालले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कार्यक्रममा सम्बोधन गर्नेछन्।  एमाले विदेश विभाग प्रमुखसमेत रहेका नेपाल आउँदो २२ असोजमा स्वदेश फर्कने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए।
 
सोभियत युनियनसँगको विवादका क्रममा सन् १९५० मा उत्तर कोरियामा ‘आत्मविश्वास’ को अवधारणाका साथ सो विधारधाराको जन्म भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell