PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

नोबेल पुरस्कार घोषणा सुरु, चिकित्सा शास्त्रतर्फ जापानी वैज्ञानिक ओशुमीले बाजी मारेे



पहिलोपोस्ट

नोबेल पुरस्कार घोषणा सुरु, चिकित्सा शास्त्रतर्फ जापानी वैज्ञानिक ओशुमीले बाजी मारेे

स्टकहोम : यस वर्षको चिकित्सा शास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमीलाई प्रदान गरिने घोषणा गरिएको छ।
 
चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै विज्ञान, शान्ति, साहित्यजस्ता अन्य विधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणा सत्र सुरु भएको छ। आगामी १० दिनभित्रसम्म घोषणा सत्र समापन भई सक्ने पनि पुरस्कार निर्णायक समितिले जनाएको छ।
 
चिकित्सा शास्त्रतर्फ भने जापानी वैज्ञानिक ओशुमीले पाउनेछन्। मानव शरीरका कोष (सेल) हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैँ खान्छन्। यस प्रकारको स्वचालित प्रक्रियालाई 'अटोफेगी' भनिने र यस प्रक्रिया सञ्चालित हुँदा बीचमा कुनै गडबडी वा अवरोध उत्पन्न भएमा मानव शरीरमा पार्किन्सन्स र मधुमेह जस्ता रोग लाग्न सक्छ। यही तथ्य पत्ता लगाउने वैज्ञानिक योशिनोरीको अनुसन्धान कार्यलाई निर्णायक समितिले सर्वोत्कृष्ट ठहर गरी भौतिक शास्त्र तथा चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
 
भौतिक शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार सम्भवतः तीन अमेरिकी बैज्ञानिकहरू ग्रेग सेमेन्जा, विलियम काएलिन र पिटर राट्क्लीफलाई संयुक्त रूपमा प्रदान गरिने अड्कलबाजी गरिएको छ।
 
उनीहरूको संयुक्त अनुसन्धानले मानवजाति तथा जनावरहरूको शारीरिक कोषले शरीरलाई अक्सिजनको मात्रा पर्याप्त नभएको वा कम भएको भन्ने थाहा पाउने वा चेतना जगाउने ‘हिपोक्सिया’ प्रक्रियामा सक्रिय रूपले भाग लिन्छन् भन्ने तथ्य पत्ता लगाएको थियो। एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell