PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

वनमन्त्री भण्डारी भन्छन्- 'सत्तामा प्रतिस्पर्धा होइन संविधान कार्यान्वयनमा लागौं'



पहिलोपोस्ट

वनमन्त्री भण्डारी भन्छन्- 'सत्तामा प्रतिस्पर्धा होइन संविधान कार्यान्वयनमा लागौं'

हेटौंडा : वनमन्त्री शङ्कर भण्डारीले प्रमुख राजनीतिक दलहरुले सत्तामा प्रतिस्पर्धा गर्नेभन्दा माथि उठेर वर्तमान संविधान कार्यान्वयनका लागि निर्वाचन गर्ने क्रममा आम सहमतिका साथ अगाडि बढ्न आग्रह गरे।
 
नेपाली कांग्रेस मकवानपुरद्वारा आयोजित बडादसैंको शुभकामना कार्यक्रममा आज बिहान सम्बोधन गर्दै मन्त्री भण्डारीले संविधानको कार्यान्वयन गर्ने क्रममा र वन सम्पदा जोगाउने अभियानलाई आआफ्नो दललाई दबाब दिनुपर्ने बताए।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनले जनतामा परेको समस्यालाई निकास दिन सरकारले छिट्टै नै स्थानीय निर्वाचन गराउन लागेको बताए।
 
मन्त्री भण्डारीले मुलुकमा वन तस्करको नियन्त्रण गर्ने र आगामी पाँच वर्षभित्र मुलुकमा काठ तथा दाउरा आपूर्ति गर्ने लक्ष्यका साथ सरकारले गुरुयोजना तयार गरी अघि बढेको समेत जानकारी दिए।
 
सो कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य विरोध खतिवडा र सांसद इन्द्रबहादुर बानियाँले प्रमुख दलहरुको बीचमा समझदारीका साथ तराईका दलहरुबीच भएको असमझदारीको निकास दिन राष्ट्रिय अखण्डतालाई आँच नपुग्ने गरी संविधानको संशोधन गर्नेतर्फ सबै दललाई एकै साथ लिएर हिँड्नुपर्नेमा जोड दिएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell