काठमाडौं : नेपाल आर्मी क्लबका रत्नजित तामाङ र दिपेश धामी जेष्ट खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिता अन्तर्गत सोमबार भएको कवार्टरफाइनलमा आर्मीका रत्नजितले जेष्ट ब्याडमिन्टनका गौतम कठायतलाई २१–१३ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हुन्। यस्तै आर्मीका दिपेश धामीले एपिएफका विजित थापामगरलाई २१–८ र २१–१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।
सोमबारका अन्य खेलमा पुलिसका विष्णु कटुवालले कैलालीका सञ्जीव खड्कालाई २३–२१ र २१–१६ ले तथा भोजपुरका विकास श्रेष्ठले आर्मीका नवीन श्रेष्ठलाई २१–१४ र २१–८ ले पराजि तगर्दै अन्तिमा चारमा स्थान पक्का ग¥यो।
पुरुष डबल्समा सशस्त्रका इन्द्र महता र पंकज चन्दले कपिलवस्तुका सन्दिप श्रेष्ठ र रितेश थापाको जोडीलाई २१–८, २१–११ ले तथा पोखराका भुगोल गुरुङ र लक्ष्मण श्रेष्ठके जोडीले जेष्टका सुनिल जोशी र गौतम कठायतको जोडीलाई १७–२१, २१–६ र २१–१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।
आर्मीका राम राई र सुरोज श्रेष्ठको जोडीले जीवन आचार्य निरविक्रमको जोडीलाई २१–१५, १८–२१ र २१–१२ ले तथा पुलिसका हिरा राई र गौरव दाहालको जोडीले ब्रदर्शका राजकुमार पोखरेल र रेशम पुनको जोडीलाई २४–२६, २१–१३ र २१–१९ ले पराजित गर्दे सेमिफाइनलको यात्रा तय गरे।
महिला डबल्समा आर्मीका नङ्सल तामाङ र अनुमाया राईको जोडीले पोखराकी सिमा पौडेल र स्वेच्छा श्रेष्ठको जोडीलाई २१–८ र २१–८, जेष्टका सीता राई र सन्जना शर्माको जोडीले शोभा गौचन र दुर्गा शर्माको जोडीलाई १८–२१, २१–१६ र २१–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाईन्। आर्मीकै अमिता गिरी र मेघा चन्दले पुनम गुरुङ र यामु गुरुको जोडीलाई २१–१९, १६–२१ र २१–१४ ले तथा एपिएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीकी जेशिका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१–१६ र २१–११ ले निराश पारिन्।
मास्टर्स डबल्स् ३५ प्लसमा पोखराका नर बहादुर गुरुङ र शुम्भु श्रेष्ठ, अन्नपूर्णका श्याम पारजुली र नवीन वावु श्रेष्ठ, आर्मीका सुवास श्रेष्ठ र भुमिराज गुरुङ, जितेन्द्र शर्मा र बसन्त बज्राचार्यले अन्तिम चारमा स्थान पक्का गरे।
मास्टर्स डबल्स् ४५ प्लसमा आर्मीका सुवास श्रेष्ठ र भुमिराज गुरुङ, एपिएफका प्रेम श्रेष्ठ र बल्लभ महर्जन, अन्नपूर्णका श्याम पराजुली र नवीन वाबु श्रेष्ठ र ललितपुरका राजु थापा र सुदिन शाक्या अन्तिम चारमा प्रवेश गरे।
यु–१५ व्वाइजमा जेष्टका प्रिन्स दाहाल, पोखराका धिरज श्रेष्ठ, विधान अधिकारी र ललितपुरका क्षितिज थापा अन्तिमा चारमा प्रवेश गरे।
जेष्ट ब्याडमिन्टन एकेडेमीले आयोजना गरेको प्रतियोगिताको मंगलबार सेमिफाइनल तथा फाइनलका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ। असोज २० गतेसम्म चल्ने भनिएपनि अतिथिहरुको कार्यव्यस्तताका कारण खेलहरु अघि सारिएको रेफ्री अनुपरन्त शाक्यले जानकारी गराए।