PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

चट्याङ लागेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु



पहिलोपोस्ट

लहान : सिरहाको इटर्वामा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेका छन्। घरनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
 
यस्तै, चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँच वर्षीय छोरा अमित रहेका छन्।
 
घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell