PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

इपिएलमा पञ्चकन्या तेजले उपाधि चुमेपछि, हेर्नुस् १२ फोटोमा

इपिएलमा पञ्चकन्या तेजले उपाधि चुमेपछि, हेर्नुस् १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रिवि क्रिकेट मैदानमा भएको वाइवाइ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० मा पञ्चकन्या तेजले उपाधि हात पार्‍यो।
 
सोमबारको फाइनलमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै इपिएलको उपाधि चुमेको हो। १७२ रनको उच्च स्कोर पछ्याएको एक्स फ्याक्टर तेजका बलरसामु टिक्न नसक्दा १७.३ ओभरमा १३१ रनमै अलआउट भयो।
 
च्याम्पियन बनेसँगै तेजले नगद ५ लाख पुरस्कार हात पारेको छ। ६ वटा फ्रान्चाइज टिम सम्मिलित प्रतियोगितामा तेज अपराजित रहँदै फाइनल पुगेको थियो भने एक्स फ्याक्टर दोस्रो स्थानमा रहेको थियो। राउण्ड रोविन लिगमा खेलाइएको प्रतियोगितामा तेजले सबै ५ खेल जितेको थियो।
 
फाइनल खेलेको म्यान अफ दि म्याच शतक बनाएका आसिफ शेख घोषित भए। प्रतियोगिताभर सर्वाधिक २२० रन बनाएका आसिफ इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट घोषित भए। उनले एक थान टिभी पुरस्कार पाए। तेजकै सुशील कँडेल सर्वाधिक विकेट लिने खेलाडी बने। उनले प्रतियोगितामा कुल १२ विकेट लिए। प्लेयर अफ दि टुर्नामेन्ट जगदम्बा राइनोजका सोमपाल कामी घोषित भए। उनले सुजुकीको एक थान जिक्सर बाइक हात पारे। सोमपालले प्रतियोगिताभर अलराउन्ड प्रदर्शन गर्दै बलिङतर्फ ६ विकेट लिए भने ब्याटिङमा १०८ रन बनाए।

हेर्नुस्, उपाधि जितेपछिको खुसी-


ट्रेन्डिङ पोस्ट

Ncell