PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

​लिस्वनमा आफ्नै होटल लन्च गर्दै रोनाल्डोले भने- 'अझै १० वर्ष फुटबल खेल्छु'



पहिलोपोस्ट

​लिस्वनमा आफ्नै होटल लन्च गर्दै रोनाल्डोले भने- 'अझै १० वर्ष फुटबल खेल्छु'

पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफु अझै १० वर्ष फुटबल खेल्ने बताएका छन्। आइतबार पोर्चुगलको लिस्वनमा आफ्नै होटलको लन्च प्रोग्राममा रोनाल्डोले ४० वर्ष हुँदासम्म फुटबलमै सक्रिय रहने बताएका हुन्। 

३१ वर्षे स्टार रोनाल्डोले २०१६ मा दुई महत्वपूर्ण उपाधि जितेका थिए। पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले रियलका लागि कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए। 

फुटबलपछिको व्यवसायका लागि रोनाल्डोले आफ्नै होटल समेत खोलेका हुन्। तर आगामी एक दशक अझै फुटबलमै रहने पनि उनले बताएका हुन्। 

'जीवन फुटबलमात्र पनि होइन,' होटलको ओपनिङमा बोल्दै रोनाल्डोले भने, 'तर पनि फुटबल मेरो एकदमै ठूलो प्यासन हो, मैले भविष्यको लागि पनि सोच्नैपर्छ। मसँग धेरै समयम पनि बाँकी छैन। करिब १० वर्ष बाँकी होला त्यसैले मैले भविष्यतर्फ सोच्न थालेको हुँ।' 

पेस्टना सिआरसेभेन लिस्वोअ रोनाल्डोको दोस्रो होटल हो, पेस्टना होटल ग्रुपसँग मिलेर ५४ मिलियन पाउण्डमा उक्त होटल लन्च गरिएको हो।

रोनाल्डोले मडेइरास्थित फुन्चलमा होटल खोलिसकेका छन् भने आगामी वर्ष मड्रिड र नयुयोर्कमा पनि होटल खोल्ने तयारीमा छन्। 


'जब म युवा थिएँ, म मेरो आफ्नै होटल भएको सपना देख्थेँ, अहिले म सँग दुई वटा होटल छन् र म एकदमै गर्व गर्छु कि यो लिस्वनमा अवस्थित छ,' यसअघि नै अन्डरवयर र फुटवयरको आफ्नो ब्राण्ड निकालिसकेका रोनाल्डोले भने। 

लिस्वनमा खोलिएको होटलको रुममा प्लेस्टेसन लगायतका आधुनिक  प्रविधि रहेको छ र उक्त रुमको पर नाइटको मूल्य १८६ पाउण्ड रहेको छ। 

१४ वर्षे व्यवसायी फुटबल करियरमा रोनाल्डोले ३ प्रिमियर लिग, १ एफए कप, २ इंगलिस लिग कप, ३ च्यामिपयन्स लिग, १ ला लिगा, २ कोपा डेल रे, १ युइएफए सुपर कप र युरोकपकको उपाधि जितेका छन्। 

यस्तै ३ पटक बालोन डेअरको अवार्ड जितेको रोनाल्डो २०१६ मा पनि उक्त अवार्डको दाबेदारको रुपमा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell