
पछिल्ला रिपोर्टहरुलाई विश्वास गर्ने हो भने २०१७ मा बक्स अफिसमा भाले भिडन्तहरु देख्न पाइने छ। आगामी वर्षको तिहारमा सबैभन्दा ठूलो भिडन्त देख्न सकिने छ। रोहित सेट्टी र अजय देवगनको फिल्म गोलमान अगेन सोझै रजनिकान्त-अक्षय कुमारको २.० सँग भिड्नेछ।
सन् २०१५ को डिसेम्बरमा रोहित सेट्टीको दिलवाले र सञ्जयलिला भन्सालीको बाजिराओ मस्तानीबीच कडा भिडन्त बलिउडले देखेको थियो। बाजिराओ मस्तानीले यसमा आफूलाई अब्बल सावित गर्न सक्यो।
रोहित रजनिकान्तका फ्यान हुन् र उनका समर्थक पनि। यही नाताले उनले फिल्मलाई पोस्टपोन गरे भने फरक हो नत्र भिडन्तको अर्को दृश्यका लागि तयार भएर बस्नुपर्ने हुन्छ।