काठमाडौं : गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनमा क्रममा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ताको गृहकार्य भइरहेको बताएका छन्। संसदमा बोल्दै निधिले संवैधानिक र कानुनी व्यवस्थाअनुसार गृहकार्य अगाडि बढिरहेको जानकारी दिए।
'महान्यायधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयका सम्बद्ध अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ,' उनले भने। सरकारले मुद्दा फिर्ताको विषयमा सबै पक्षको सहकार्य र छलफलमा आवश्यक निर्णय गर्ने समेत उनले बताए।
मधेस आन्दोलनमा भएको क्षतिका विषयमा अध्ययन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनेको पनि निधिले जानकारी गराएका छन्।
मधेस आन्दोलनमा मारिएका ११ प्रहरी सहित ५२ जनालाई सहिद घोषणा गरिएको भन्दै मन्त्री निधिले घाइतेहरुको उपचार खर्न सरकारले बेहोरेको समेत उल्लेख गरे। साथै मृतकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको उनले बताए।