PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

बैसाखयता सवारी दुर्घटनामा ३०८ जनाको मृत्यु, प्राकृतिक प्रकोपमा १२१ ले ज्यान गुमाए



पहिलोपोस्ट

बैसाखयता सवारी दुर्घटनामा ३०८ जनाको मृत्यु, प्राकृतिक प्रकोपमा १२१ ले ज्यान गुमाए

काठमाडौं : बैसाखयता देशभर भएका सवारी दुर्घटनाबाट ३ सय ८ जनाको निधन भएको छ। ती विभिन्न घटनाहरुमा २ हजार ७ सय ९३ जना घाइते भएका छन्।
 
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज संसदमा समय लिएर यसबारे जानकारी गराएका हुन्।
 
प्राकृतिक प्रकोपमा परेर १ सय २१ जनाको मृत्यु भएको तथा २ सय १६ घाइते भएको उनले जानकारी दिए। ती घटनामा १९ जना बेपत्ता नै छन्।
 
यसैगरी २ सय ८४ घरमा क्षति पुगेको तथा ३० करोड बराबरको धनजनको क्षति पुगेको पनि उनले संसदमा जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell