PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

'गाजलु' निर्माता र निर्देशकबीच पुनः टिमअप



पहिलोपोस्ट

'गाजलु' निर्माता र निर्देशकबीच पुनः टिमअप

काठमाडौं : अभिनेता अनमोल केसी स्टारर फिल्म 'गाजलु' निर्माता रोहित अधिकारी र निर्देशक हेमराज बिसीबीच पुनः टिमअप भएको छ। अधिकारी र बिसीले दोश्रो प्रोजेक्ट एकसाथ निर्माण गर्ने आधिकारिक जानकारी सोमबार दिइयो।
 
निर्माता अधिकारीले आफ्नै निजी कम्पनि रोहित अधिकारी फिल्मसको तर्फबाट ह्याप्पी प्लानेट फिल्मस् सँगको सहकार्यमा फिल्म निर्माण गर्ने भएका हुन्। नाम घोषणा नभएको प्रोजेक्टका लागि सोमबार सहमतिपत्रमा निर्माण पक्ष र निर्देशक बिसीले हस्ताक्षर गरे।

फिल्मको छायाँकन अर्को २०७४ को सुरुवातमा हुने निर्माता अधिकारीले बताए।

‘चर्चित स्टार कास्ट सहित लभस्टोरी ड्रामामा पुनः हामी एकसाथ आउँदै छौ,’ अधिकारीले भने, ‘युवापुस्ता तथा पछिल्लो समय नेपाली फिल्मलाई माया गर्दै आउनुभएका नेपालमा रहने तथा विदेशमा रहँदै आउनु भएका दर्शक लक्षित स्टोरीको लागि हाम्रो सहमति भएको हो।'

हेमराजले २५ लाख पारिश्रमिकमा अधिकारीको प्रोजेक्टमा निर्देशन गर्ने भएका हुन्। फिल्ममा स्टोरी पनि बिसीकै रहने छ। फिल्मलाई २०१७ अर्थात् नेपाली मिति अनुसार २०७४ को मध्य महिनातिर प्रदर्शनमा ल्याउने समेत निर्माण टिमले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell