PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

नेपाली सेनाको बस सेवा सुरु, सर्वसाधारणका लागि २४ गतेदेखि



पहिलोपोस्ट

नेपाली सेनाको बस सेवा सुरु, सर्वसाधारणका लागि २४ गतेदेखि

काठमाडौं : विजयादशमीको अवसरमा नेपाली सेनाले उपत्यकाबाट देशका ११ स्थानसम्म आउजाउ गर्न निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।
 
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आजदेखि सुरु भएको सो सेवामा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गरिनेछ। काठमाडौंदेखि इटहरी, हेटौंडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म ती बस चल्ने निर्देशनालयले जनाएको छ। प्रतिसैनिक चार जनाले मात्र सो बसमा सेवा लिन पाउनेछन्।
 
नेपाली सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीन दिन काठमाडौं उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणका लागि पनि छुट्टाछुट्टै सडकमा बस सञ्चालन गर्ने भएको छ। ३० सिट क्षमताको ती बस बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell