PahiloPost

May 29, 2025 | १६ जेठ २०८२

बाहुबली २ मा भलालदेव यस्तो बन्दैछन्



पहिलोपोस्ट

बाहुबली २ मा भलालदेव यस्तो बन्दैछन्

बलिउडको बहुप्रतिक्षित सिक्बेल बाहुबली : दी कन्क्लुजन स्क्रिनमा आउनुअघि समाचारमा भने निरन्तर आइरहेको छ। कटप्पाले किन हत्या गरे त भन्ने सस्पेन्समा टुंगिएको फिल्ममा अब के होला भन्ने कौतुहलता धेरैमा छ।

भलालदेवको भूमिकामा रहेका राना दुग्गुवती शरीरलाई बलियो देखाउन जुटिरहेका छन्। एसएस राजमौली निर्देशित फिल्म बाहुबली दी विगिनिङ सन् २०१५ को सबैभन्दा शक्तिशाली फिल्म बनेको थियो।

सामाजिक सञ्जाल ट्विटरमा दुग्गुवतीले आफ्नो फोटो सेयर गरेका हुन्। उनको शरीर फोटोमा देखिएजस्तो त्यसै भएको होइन। यसका लागि पाँच महिना लगातार उनले दैनिक २ घन्टा ३० मिनेटको दरले व्यायम गर्दै आएका छन्।
 

अप्रिल २८, २०१७ मा रिलिज हुने फिल्ममा राना दुग्गुवतीले भल्लालदेवको भूमिका निभाउने छन्। रानाले भल्लालदेव अझै बलियो देखिनुपर्ने भएकाले १ सय ८ देखि १ सय १० केजी तौल बनाउनुपरेको हो। बाहुबलीमा उनी बलियो देखिएका छन् तर थप बलियो देखिन उनले तौल बढाउनु पर्‍यो।

कुनाल गिरले उनलाई तालिम दिइरहेका छन् भने डाइटको नियन्त्रण पनि उनैबाट भइरहेको छ। यसका लागि उनले हरेक दुई घन्टा आधामा केही न केही खाइरहेका छन्।   

बाहुबली : दी कन्क्लुजनमा तमन्ना भाटिया, अनुस्का सेट्टी, रमया कृष्ण र सत्यार्थी प्रमुख भूमिकामा देखिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell