PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

बसमा लुकाएर ल्याइएको लागुऔषधसहित तीन जना नागढुंगा नाकाबाट पक्राउ



पहिलोपोस्ट

बसमा लुकाएर ल्याइएको लागुऔषधसहित तीन जना नागढुंगा नाकाबाट पक्राउ

काठमाडौं : चेकजाँचका क्रममा आज बिहान प्रहरीले नागढुङ्गाबाट लागुऔषध बरामद गरेको छ।
 
वीरगन्जबाट काठमाडौं आइरहेको बा ५ ख ४६८४ नम्बरको यात्रुबाहक बसभित्र चेकजाँच गर्दा लुकाइछिपाई काठमाडौं भित्र्याउन लागिएको नाइट्रोपाम सहित वसन्तपुरको पर्सा घर भएका २६ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन्।
 
यसैगरी भैरहवाबाट आइरहेको लु १ ख ७१९५ नम्बरको बसमा डाइजेपाम सहित सुनवल नवलपरासीका प्रदीपकुमार मल्ल पनि पक्राउ परेका छन्। सोही क्रममा गोंगबुका निरञ्जन महर्जनलाई पनि पक्राउ गरिएको महानगर प्रहरी प्रभाग थानकोटका प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार दाहालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell