
सन् २०१६/१७ का लागि टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्या ङ्किङको शीर्ष स्थान लिएको छ अक्सफोर्ड युनिभर्सिटीले। यो र्याङ्किङमा गैर अमेरिकी युनिभर्सिटीले शीर्ष स्थान लिएको यो पहिलो पटक हो।
लगातार ६ वर्ष शीर्ष स्थानमा रहेको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई दोस्रोमा झार्दै अक्सफोर्ड १ नम्बरमा पुगेको हो। क्यालिफोर्निया दोस्रो स्थानमा झर्यो। शीर्ष १० युनिभर्सिटीभित्र ११ वटा युनिभर्सिटी अटाएका छन्। ३ बेलायती र एक स्विटजरल्यान्डबाहेक सबै अमेरिकी युनिभर्सिटीले र्याङ्किङको शीर्ष १० कब्जा गरेका छन्।