PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु



पहिलोपोस्ट

दमौली : स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज जिपले ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।
 
बेलचौताराबाट खैरेनीटार जाँदै गरेको ग १ च ७०३० न को महेन्द्रा जिपले ठक्कर दिँदा सोही ठाउँ बस्ने बारा जिल्ला जितपुर– १२ निवासी ४२ वर्षीय शङ्कर शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
ठक्करबाट गम्भीर घाइते शाहको सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। फरार जिप चालकको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell