PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकलाई



पहिलोपोस्ट

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकलाई

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकलाई प्रदान गरिने भएको छ। 

तत्वको विभिन्न किसिमको बारेका खोज अनुसन्धान गरेका युनिभर्सिटी अफ वासिंङ्टनका डेविड जे टोउलेस, प्रिन्सटन युनिभर्सिटीका  एफ डुनकान हाल्डेन र ब्रोवन युनिभर्सिटीका माइकल कोस्टलिट्जलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो। 

स्वीडेनमा भएको प्रेस कन्फ्रेन्समा भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार घोषणा गरिएको हो। तीन जनाले ८ मिलियन क्रोनोर पुरस्कार रकम बाँडेर पाउनेछन्। 

नोबेल कमिटीले उनीहरुले गरेको कामलाई अज्ञात विश्वको लागि ढोका खोलेको समेत बताएको छ।

पुरस्कार विजेताको नाम सार्वजनिक भएपछि हाल्डेनले आफू एकदमै सरप्राइज्ड र सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन्। 

तीनै जना रिसर्चरले तत्वमा भौतिक असर पत्ता लगाउन गणितको प्रयोग गरेका थिए। ब्रिटिस ओरिजनका भएपनि यी तिनै जना अहिले अमेरिकामा बस्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell